नवौं राष्ट्रिय खेलकुदः आर्चरीमा गण्डकी अगाडि, पुरुषतर्फ दुर्गा र महिलातर्फ अनुस्का

पाेखरा | असोज २९, २०७९

नवौं राष्ट्रिय खेलकुदः आर्चरीमा गण्डकी अगाडि, पुरुषतर्फ दुर्गा र महिलातर्फ अनुस्का

पोखरा : आर्चरी खेलतर्फ गण्डकीका खेलाडी अगाडि देखिएका छन् । नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा शनिबारदेखि सुरु आर्चरीमा पहिलो दिन स्टान्डर्ड (३० मिटर) विधामा पुरुषतर्फ गण्डकीका दुर्गा घर्ती मगर र महिलातर्फ अनुस्का शेरचन उच्च स्कोरका साथ पहिलो वरियतामा रहे ।

 

¥याङकिङ राउण्डमा पुरुषतर्फ २९ जनाले सहभागिता जनाएकोमा दुर्गा ६६८ अंक प्राप्त गर्दै सबैभन्दा अगाडि रहेका हुन् । ७२० पूर्णांक रहेको खेलमा नेपाल पुलिसका नगेन्द्र आचार्य ६५३ अंकका साथ वरियताको दोस्रो स्थानमा र गण्डकीकै खड्ग घर्ती ६४९ अंक ल्याउँदै तेस्रो वरियतामा रहे । स्टान्डर्ड विधामा ३४ खेलाडीले नाम दर्ता गरेकोमा ५ जना अनुपस्थित रहे । 

 

महिलातर्फ अनुश्काले सर्वाधिक ६१६ अंक बटुल्दै अग्रस्थानमा रहेकी हुन् । ६१३ अंक प्राप्त गरेकी नेपाल आर्मीकी शारदा बिक दोस्रो वरियतामा रहँदा एपीएफकी सोनु जया राईले ६०१ अंक ल्याउँदै तेस्रो स्थानमा रहिन् । महिलातर्फ यो विधामा १४ खेलाडी सहभागी छन् । 

 

आइतबार बिहानदेखि स्टान्डर्डको महिला पुरुष दुवैको ईलिमिनेशन राउण्डका खेल हुने गण्डकी प्रदेश आर्चरी संघका अध्यक्ष एवं केन्द्रीय वरिष्ठ उपाध्यक्ष बसन्त थकालीले जानकारी दिए । पोखरा रंगशाला स्थित आर्चरी मैदानमा सञ्चालन भइरहेको खेलमा दिउँसो भने कम्पाउण्ड (५० मिटर) र रिकर्भ (७० मिटर) विधातर्फ पुरुष र महिलाको ¥याङकिङ राउण्ड हुनेछ । 

 

समग्र टीमतर्फ पुरुषमा गण्डकी र महिलातर्फ भने आर्मी अग्रस्थानमा रहे । तीन उत्कृष्ट खेलाडीको योगफल पुरुषतर्फ गण्डकी टीमको १९६० र महिलातर्फ आर्मीको १७५३ स्कोर रहेको छ । पुरुषतर्फ दोस्रो स्थानमा एपीएफको अंक १९१२ र तेस्रो स्थानमा पुलिसको १८६९ छ । महिलातर्फ दोस्रो स्थानमा गण्डकी (१६६९ अंक) र तेस्रो स्थानमा प्रदेश १ (१५५५ अंक) रहे । 

 

आवश्यक टार्गेट बोर्ड नभएका कारण दुई पटक गरी खेल खेलाइएको थियो । आर्चरी खेल संघका अधिकारीहरुले आवश्यक खेलसामाग्री तत्काल व्यवस्था गर्न माग गरेका छन् । खेलमा ५ प्रदेश, ३ विभागीय र एनआरएनए गरी नौ टीमको सहभागिता रहेको छ । प्रदेश १, बागमती, गण्डकी, लुम्बिनी, सुदुरपश्चिम प्रदेश, त्रिभुवन आर्मी क्लब, शसस्त्र प्रहरी बलको एपिएफ, नेपाल पुलिस क्लबले सहभागिता जनाएका छन् । मधेश र कर्णाली भने सहभागी भएन । 

 

पाँचौ संस्करणबाट सहभागिता जनाएको आर्चरीमा यो पटक सबैभन्दा धेरै टोलीको सहभागिता रहेको नेपाल आर्चरी संघका अध्यक्ष दीपकराज गुरुङले जानकारी दिए । 
 

इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले पुष्टि गरेको छ । उनको निधनमा ४० दिन शोक घोषणा समेत गरिएको छ ।   यसअघि अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वो...

थप पढ्नुहोस्

निर्वाचनको अघिल्लो दिन अर्थात् फागुन २० गते लामो तथा मध्यम दुरीका रात्रि बसहरू सञ्चालन नहुने यातायात व्यवसायीले बताएका छन् ।   निर्वाचन आयोगले मतदानलाई लक्षित गर्दै फागुन २० गते राति १२ बजेदेखि २१ ग...

थप पढ्नुहोस्

निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका दिन विभिन्न सवारीसाधनलाई भने कुनै प्रकारको पास आवश्यक नपर्ने स्पष्ट पारेको छ ।    यही फागुन २१ गते प्रतिनिधिसभा सदस्य निर्वाचन हुँदैछ ।   ...

थप पढ्नुहोस्